न्यू मेक्सिकोमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, घाईते महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिईन्

न्यू मेक्सिकोमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, घाईते महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिईन्

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

वासिंटन, भदौ १६ । अमेरिकाको न्यू मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य केही घाइते भएका छन् ।

न्यू मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएको हो । लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लरीका चालक र बसमा रहेका सबै यात्रु सामान्य घाइते छन् ।

यसैबीच दुर्घटनामा घाइते भएकी एक गर्भवती महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । दुर्घटना लगत्तै अस्पताल लगिएकी उनले जुम्ल्याहा शिशु जन्माएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ