श्रीलङ्काको उच्च सैन्य अधिकारीलार्इ पक्राउ आदेश, अपहरण र हत्याको मुद्दामा दोषी ठहर

श्रीलङ्काको उच्च सैन्य अधिकारीलार्इ पक्राउ आदेश, अपहरण र हत्याको मुद्दामा दोषी ठहर

  • बिहिबार, भदौ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

कोलम्बो, भदौ १४ । श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारीलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ ।

सन् २००८ देखि २००९ को बीचमा श्रीलङ्काको गृह युद्धको उत्तरार्धतिर एक सैनिक अधिकारीले एघार जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो ।

सो अभियोगमा मुद्दा चलाइएकोमा प्रमुख सैन्य अधिकारी रविन्द्र विजेगनारत्नेलाई पक्राउ गर्न अदालतले आदेश दिएको हो ।

ती ११ जनालाई अपहरण गरी मार्न लगाएको आरोपमा उनलाई पक्राउ गर्न अदालतले आदेश दिएको हो ।

श्रीलङ्कामा सशस्त्र विद्रोह गरेका तमिल टाइगरका विरुद्धमा श्रीलङ्काको सेनाले सन् २००८ पछि अन्तिम युद्धको घोषणा गरी सशक्त कारबाही गरेको थियो ।

त्यसैक्रममा सन् २००९ मा ती अपहृत व्यक्तिहरु पनि मारिएको आशङ्का गरिएको छ । कोलम्बोस्थित एक अदालतका न्यायाधीश लङ्का जयरत्नेले सैन्य उच्च अधिकारीलाई पक्राउ आदेश दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ