शीत युद्ध अभ्यास पछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने रुसको तयारी

शीत युद्ध अभ्यास पछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने रुसको तयारी

भोस्टक–२०१८’ नामक सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार ट्यांक, बख्तर बन्द गाडि, १ हजार भन्दा बढी लडाकु विमान सहभागी गराइने

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी, भदौ १३ ।
रुसले शीत युद्ध अभ्यास पछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने घोषणा गर्नु भएको हो ।

‘भोस्टक–२०१८’ नामाकरण गरिएको उक्त सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार ट्यांक तथा बख्तर बन्द गाडि एवम् एक हजारभन्दा बढी लडाकु विमान सहभागी गराइने बताइएको छ ।

आगामी सेप्टेम्बर ११ तारिखदेखि पाँच दिनसम्म हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबैतहका सेनाको प्रतिनिधित्व हुने रक्षामन्त्री सर्गेइले जानकारी दिनुभयो ।

३६ हजार सैनिक हतियार, हतियार ट्यांक, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुने उहाँको भनाइ थियो । रुसले गर्ने अभ्यासमा उत्तरी तथा प्रशान्त जलसेनाका टोलीहरुका साथै चिनियाँ तथा मंगोलियाका सेना पनि सहभागी हुने बताइएको छ ।

रुसको सशस्त्र फौजमा कम्तिमा १० लाख सदस्य रहेका छन् । भोस्कोट २०१८ को सैन्य अभ्यासमा सहभागी फौज र विमानको परिमाण दोस्रो विश्वयुद्धताका भएका ठूला लडाइँमा खटिएका सेनाको बराबर संख्या हो ।

सो सैन्य अभ्यास राष्ट्रपति भ्लादिमिर पुटिनले पनि निरीक्षण गर्नुहुने बताइएको छ । रुसले गत वर्ष झापड–२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७ सय सेनाको प्रयोग गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ