प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चले फेरि दियो सरकारलाई आदेश

प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चले फेरि दियो सरकारलाई आदेश

  • आइतवार, भदौ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 51.9K
    SHARES

१० भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले बाटोको म्यादबाहेक २४ घण्टाभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित प्रकाण्डलाई सर्वोच्चमा पेश गर्न सरकारको नाममा आइतबार आदेश भएको हो ।
गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक तरिकाले सरकारले थुनामा राखेको भन्दै तत्काल रिहाईको मागसहित प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले गत शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

आइतबार भएको रिटमाथिको बहसपछि दिएको आदेशले नेकपाका स्थायी समिति सदस्यसमेत रहेका नेता प्रकाण्डलाई रिहा नगर्नुपर्ने कारण भए सबुद प्रमाणसहित बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत उपस्थित हुन सरकार र गृहमन्त्रालगायत विपक्षीलाई भनेको छ ।

रिट पक्षको तर्फबाट आज बहसमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, एकराज भण्डारी, तुलसी भट्ट, पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कान्तिराम ढुंगाना, राजु अधिकारीलगायतले बहस गरेका थिए ।

भदौ ३ मा दर्ता बन्दी प्रत्यक्षीकरण रिटमाथि ७ गते सुनुवाई गर्दै भएको रिहाई आदेशपछि सर्वोच्च अदालतबाटै सोही दिन नुवाकोट जिल्ला प्रहरी कार्यालयले तयार पारेको अभियोगमा साँझ ६ बजेर ३६ मिनेट जाँदा प्रकाण्डलाई लछारपछार गरेर प्रहरीले रिगफ्तार गरेको थियो ।

पछि उक्त गिरफ्तार गैरकानूनी भएको जनाउँदै नेपाल सरकार, गृहमन्त्रालय, नुवाकोट जिल्ला प्रहरी कार्यालयलगायतलाई विपक्षी बनाई यही भदौ ८ गते तेस्रो पटक रिट दर्ता भएको हो । सोही रिटमाथि आज आइतबारको बहसपछि २४ घण्टाभित्र पेश गर्न आदेश भएको हो ।

त्यसअघि पार्टी काम सकेर हेटौंडाबाट काठमाडौं आइरहेको बेला गत साउन २२ गते काठमाडौंको चोभारनजिक चाल्नाखेलबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डलाई भदौ १ गते न्यायाधिश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको सुंक्त इजलासले प्रकाण्डलाई तत्काल रिहा गर्न आदेश दिएको थियो ।

तर काभ्रे जिल्ला प्रहरी कार्यालयले तयार पारेको बम विस्फोट र आगजनी अभियोगमा आदेश भएकै राति ९ बजेर १० मिनेट जाँदा काठमाडौं प्रहरीले सर्वोच्च अदालत परिसरबाटै राष्ट्रिय मानवअधिकार आयोगको गाडीबाट जबर्जस्त तानेर गिरफ्तार गरी काभ्रे सदरमु्काम धुलिखेलस्थित प्रहरी हिरासतमा लगिएको थियो ।

प्रकाण्डलाई अहिले आगजनीको अभियोगमा नुवाकोट जिल्ला प्रहरी कार्यालय विदुरमा राख्दै आएको छ । आजै जिल्ला अदालत नुवाकोटले नेता नेकपाका स्थायी सदस्य समेत रहेका नेता प्रकाण्डलाई ३ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाण्डमाथि लगाइको अभियोगमा प्रमाण नपुग्ने भएपछि सर्वोच्चले दुईपटक अभियोगपत्र खारेज गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ