ट्रम्पको एक ट्वीटले रद्द भयो अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण !

ट्रम्पको एक ट्वीटले रद्द भयो अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण !

  • शनिबार, भदौ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी, भदौ ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियाको भ्रमण रद्द गर्नुभएको छ।

राष्ट्रपति ट्रम्पले विदेशमन्त्री पोम्यिोलाई कोरियाली प्रायद्वीपमा परमाणु हतियार नष्ट गर्ने कार्यमा पर्याप्त प्रगति नभएको भन्दै उत्तर कोरियाको प्रस्तावित भ्रमण रोक्न निर्देशन दिनुभएको हो ।

विदेशमन्त्री पोम्पियो र अमेरिकी विशेष दूत स्टिफन बिगन आगामी हप्ता उत्तरकोरिया जाने कार्यक्रम थियो । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीन र अमेरिकाबीचमा व्यापारका विषयमा उत्पन्न तनावका कारण पनि उत्तर कोरियामाथि पर्याप्त दबाब बनाउन नसकिएको उल्लेख गर्नुभएको छ ।

गत जुनमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको शिखर वार्तापछि भने राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट कुनै पनि परमाणु जोखिम नभएको बताउनुभएको थियो ।
तर त्यसपछि पनि उत्तर कोरियाले आफ्ना परमाणु कार्यक्रम बन्द नगरेको विवरणहरु सार्वजनिक भएका थिए ।

हालैमात्र एक अमेरिकी अधिकारीले वासिङ्टन पोस्टलाई उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बनाइराखेको बताएका छन् । संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम नरोकेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ