रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम सम्पन्न

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम सम्पन्न

  • बुधबार, भदौ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

६ भदौ, रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा निमार्णाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काममा ब्रेक थ्रु भएको छ ।

१ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।

निर्माणको जिम्मा पाएको चाईना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रोनिक कर्पोरेसनले निर्माण सुरु गरेको चार वर्षमा ४ हजार १ सय ८४ मिटर सुरुङ निर्माण सकेको रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक माधब कोइरालाले जानकारी दिनुभयो ।

२०७० सालबाट निर्माण सुरु भएको आयोजनाको हालसम्म ६७ प्रतिशत काम सम्पन्न भएको छ । सन् २०१९ को डिसेम्बरसम्ममा तीन वटै युनिटबाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

यो आयोजनाबाट बार्षिक ६ सय १३ दशमलव ८७ गेगावाट युनिट विद्युत् उत्पादन हुने छ । सन् २०१७ को अन्त्यसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले प्राकृतिक प्रकोप तथा भूकम्पका कारण समयमै काम पुरा गर्न नसकेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी