भेनेजुएलामा शक्तिशाली भूकम्प: राजधानी काराकासमा समेत महसुस, मानिसहरुबीच भागदौड

भेनेजुएलामा शक्तिशाली भूकम्प: राजधानी काराकासमा समेत महसुस, मानिसहरुबीच भागदौड

  • बुधबार, भदौ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

६ भदौ, काठमाडौं ।

भेनेजुएलामा ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ ।

ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् ।

भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ ।

शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ ।भेनेजुएलाका अधिकांश घर खाली गराइएको छ । मानिसहरुलाई खुला ठाउँमा राखिएको छ ।

गृहमन्त्री नेस्टर रेवेरोलले भूकम्पको झड्का देशभर महसुस गरिएको बताउनुभएको छ । उहाँले भूकम्पबाट भएको क्षतिको खबर भने अहिलेसम्म प्राप्त नभएको प्रतिक्रिया दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ