इरानको पहिलो घरेलु लडाकू विमान सार्वजनिक, विमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान

इरानको पहिलो घरेलु लडाकू विमान सार्वजनिक, विमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान

  • मङ्लबार, भदौ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

तेहरान, भदौ ५ । इरानले आज पहिलो घरेलु लडाकू विमान सार्वजनिक गरेको छ । तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा ईरानले चौथो पुस्ताको लडाकू विमान सार्वजनिक गरेको हो ।

राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हसन रुहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ ‘कौसार’ विमानको ककपिटमा बसेको देखाएको छ ।

यस विमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो विमान शतप्रशित इरानी प्रविधिबाट उत्पादन गरिएको हो ।

राज्य नियन्त्रित टेलिभिजनले यो विमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ ।

उक्त विमानकाबारेमा शनिबारमात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए । उनले यस परियोजनकाबारेमा ज्यादै कम विवरण सार्वजनिक गरेका छन् ।

रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट ८ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताए ।

इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको पनि उनले स्पस्ट गरेका छन् ।

अमेरिकाले अर्बौं डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ । तर, इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गर्दै आएको छ ।

इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ