शेयर बजार निरन्तर ओरालो लाग्दै 

शेयर बजार निरन्तर ओरालो लाग्दै 

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, ४ भदौ । 

शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से शिरसूचक ८ दशमलब २२ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा ओर्लेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७८ बिन्दुले २५० दशमलब ७५ बिन्दुमा कायम भएको छ ।

स्टकका अनुसार आज कूल १६० कम्पनीको छ लाख तीन हजार १०२ कित्ता शेयर रु २२ करोड ६१ लाख ७२ हजार ९३ मूल्यमा खरीद–बिक्री भएको छ । आज उत्पादन उपसमूहको शेयर उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका छन् । उत्पादन उपसमूहको शेयर ११.१५ बिन्दुले बढ्दा बैङ्किङ ५.४२, होटल ५ दशमलब १७, विकास बैंक १३ दशमलब १२, जलविद्युत् २३ दशमलब ६३, वित्त २ दशमलब ६९, निर्जीवन बीमा ५९ दशमलब ७४, अन्य ४ दशमलब ६८, माइक्रोफाइनान्स ११ दशमलब ६९र जीवन बीमा ७५ दशमलब २ बिन्दुले घटेको छ ।

आज वल्र्ड मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने सिन्धु विकास बैङ्क र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी