दुई कोरियामा विभाजित एकै परिवारका सदस्यबीच पुनर्मिलन हुने

दुई कोरियामा विभाजित एकै परिवारका सदस्यबीच पुनर्मिलन हुने

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी, भदौ ४ ।
उत्तर र दक्षिण कोरियाका दर्जनौं परिवारबीच पुर्न्मिलन कार्यक्रम सुरु भएको छ । गत जुनमा दुई कोरियाबीच भएको सहमति अनुसार द्वन्द्वका कारण बिछोडिएका परिवारबीच पुनर्मिलन सुरु भएको हो ।

आगामी २६ अगष्टसम्म जारी रहने सो पुनर्मिलनमा ८० वर्ष भन्दा माथिका बृद्धबृद्धालाई प्राथमिकता दिईएको छ । यसअघि पछिल्लो पटक सन् २०१५ को अक्टोबरमा यस्तो कार्यक्रम आयोजना गरिएपनि युवाहरु मात्र सहभागी भएका थिए ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका बेला छुटिएका आफन्तबीचको पुनर्मिलन प्रसिद्ध पर्यटकीयस्थल माउन्ट कुम्गाङ्गमा हुनेछ ।

सोल र प्योङ्याङबीचको तनाव गत जुनबाट केही मत्थर भएपछि ६० वर्षपछि पहिलो पटक एक सयको समुहमा बृद्धबृद्धाहरु आफन्त भेट्न उत्साहित रहेको बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ