अफगानिस्तान सरकारबाट एकतर्फी युद्धविरामको घोषणा, तालीवानी बिद्रोहीले के गर्ला ?

अफगानिस्तान सरकारबाट एकतर्फी युद्धविरामको घोषणा, तालीवानी बिद्रोहीले के गर्ला ?

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, ४ भदौ । अफगानिस्तान सरकारले ईदको अवसरमा तीन महिनाका लागि एकतर्फी युद्धविरामको घोषणा गरेको छ ।

राष्ट्रपति असरफ घानीले मुस्लिमहरुको महान पर्व इद उल जुहा नजिकिएपछि केही समयका लागि युद्धविरामको घोषणा गरिएको बताउनु भयो ।

एकतर्फी युद्धविरामको घोषणा गर्दै राष्ट्रपति घानीले तालीवानी बिद्रोहीले पनि युद्धविरामको सम्मान गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।

राष्ट्रपतिको यो घोषणाप्रति तालीवानी बिद्रोहीले भने कुनै प्रतिक्रिया दिएको छैन । यद्यपी इदकै अवसरका आफ्नो कब्जामा रहेका केही बन्दीले भने रिहा गर्ने तालिवानले स्पष्ट पारेको छ ।

अफगानी राष्ट्रपतिको यो कदमको विश्वजगतले स्वागत गरेको छ । अमेरिकी गठबन्धन सेना नेटोका महासचिव ऐस स्टोलटेनवर्गले राष्ट्रपति घानीको कदमको स्वागत गर्दै तालिवान बिद्रोहीलाई युद्धबिरामको सम्मान गर्न अपील गर्नुभएको छ ।

यस्तै अमेरिकी बिदेशमन्त्री माइक पोम्पियोले युद्धबिरामको स्वागत गर्दै यही समयमा दुबै पक्षबाट शान्ति स्थापनाका लागि पहल गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

अफगानिस्तानमा गत जुन महिनामा इद उल फित्रको समयमा पनि तीन दिनसम्म युद्धबिरामको घोषणा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ