पाकिस्तानको १९ औं प्रधानमन्त्री इमरान खान, आज पद तथा गोपनियताको शपथ लिँदै

पाकिस्तानको १९ औं प्रधानमन्त्री इमरान खान, आज पद तथा गोपनियताको शपथ लिँदै

  • शनिबार, भदौ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भाद्र २, एजेन्सी ।
पाकिस्तानको १९ औं प्रधानमन्त्रीमा चयन हुनुभएका पूर्व क्रिकेटर तथा नेता इमरान खानले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।

राष्ट्रिय सभामा हिजो भएको निर्वाचनमा बहुमत ल्याएपछि खान प्रधानमन्त्रीमा चयन हुनुभएको हो । सन् १९९२ को विश्वकप बिजेता पाकिस्तानी टोलीका सबै सदस्यलाई कप्तान खानको प्रधानमन्त्रीको सपथ कार्यक्रममा निम्त्याईएको छ ।

यसैगरि भारतीय क्रिकेट लिजेन्ड कपिल देव, सुनिल गवास्कर र नवोजोत सिंह सिद्दुलाई पनि सपथ कार्यक्रमको अतिथिको रुपमा आमन्त्रण गरिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

२० बर्षदेखि सक्रिय राजनीतिमा लागेका ६५ बर्षीय खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधार ल्याई नयाँ पाकिस्तान बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी