भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य चिन्ताजनक

भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य चिन्ताजनक

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

 

काठमाडौं ३१ श्रावण ।

भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य चिन्ताजनक बनेको छ ।

अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) ले विज्ञप्ती जारी गर्दै बाजपेयीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उहाँलाई ‘लाइफ सपोर्ट’ मा राखिएको जनाएको छ । उहाँको उपचारमा एम्सका निर्देशक डा. रणदीप गुलेरिया नेतृत्वको टोली संलग्न छ ।

गुलेरिया तीन दशक बढी समय बाजपेयीको निजी चिकित्सक समेत रहिसकेका छन् । निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय राजनीतिज्ञ बाजपेयीलाई मिर्गौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा अस्पताल भर्ना गरिएको थियो ।

सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण उहाँ सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुबाट टाढा बस्दै आउनुभएको थियो । बाजपेयीको स्वास्थ्य नाजुक बनेसँगै उपराष्ट्रपति एम वैंकया नायडु उहाँको स्वास्थ्य अवस्था बुझ्न आज बिहानै अस्पताल पुग्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरु पनि हिजो साँझ अस्पताल पुगेका थिए । भारतको इतिहासमै प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने उहाँ एकमात्र गैर कांग्रेसी नेता हुनुहुन्छ ।

उहाँले १९९९ देखि २००४ सम्मको कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । दुई पटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन राजनीतिज्ञका रुपमा चिनिनुहुन्छ ।

बाजपेयीले सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रो पटक सन् २००२ मा ११ औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो । सन् १९२४ मा मध्यप्रदेशको ग्वालियरमा जन्मेका बाजपेयीको राजनीति जीवन सन् १९४२ मा तत्कालीन इष्ट इण्डिया कम्पनीविरुद्धको भारत छोडो आन्दोलनबाट सुरु भएको थियो ।

कानपुरको डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर बाजपेयी पहिलो पटक सन् १९९६ मा एनडीएको तर्फबाट भारतका दशौं प्रधानमन्त्री बन्नुभएको थियो । तर, संसदमा बहुमत साबित गर्न नसकेपछि उहाँले १३ दिनमै राजिनामा दिनु परेको थियो ।

राजीनामा दिनेक्रममा उहाँले संसदमा दिएको मन्तव्यले निकै वाहवाही पाएको थियो । त्यतिबेला प्रधानमन्त्री पद गुमाए पनि सो भाषणका कारण बाजपेयीले राष्ट्रिय राजनीतिमा दीर्घकालीन जित हासिल गरिएको टिप्पणी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ