सिभिल बैंकको खुद मुनाफामा ८५.२०%को फड्को, चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

सिभिल बैंकको खुद मुनाफामा ८५.२०%को फड्को, चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

  • बुधबार, साउन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

सिभिल बैंक लिमिटेडले आ.व.२०७४/७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले रु ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत वर्षको तुलनामा ८५.२०%को फड्को हो । त्यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९%ले घटेर रु. १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८%ले बृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै रु. १६.९१ करोड आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७%ले बृद्धि भएको छ ।

बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८%ले बृद्धि गरी रु. ४० अर्ब १ करोड संकलन गरेको छ भने कर्जा प्रवाह गत आ.व.को तुलनामा ३३.७१%ले बृद्धि गरी रु. ३९ अर्ब ४६ करोड गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८%बाट घटेर २.६५% भएको छ ।

बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम रु ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम रु २९करोड ६७ लाख केही पुराना तथा ठूला बैंकहरु भन्दा पनि बढीे छ ।

आ.व. २०७४÷७५को मसान्तसम्म २५०,००० भन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ