सिरियाको भएकोे विस्फोटमा ३९ जनाको मृत्यु, भवन पुरै भग्नावशेषमा परिणत

सिरियाको भएकोे विस्फोटमा ३९ जनाको मृत्यु, भवन पुरै भग्नावशेषमा परिणत

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी, २८ साउन ।

विद्रोही नियन्त्रीत क्षेत्र सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।

इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

सो भवनमा हतियार भण्डारण गरेको बताइएको छ । विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका छन् । विस्फोटबाट सो भवन पुरै भग्नावशेषमा परिणत भएको छ ।

भवनमा आश्रय लिएर बसिरहेका अधिकांश मानिस सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु भएको बताइएको छ ।

बेलायतको पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले हराइरहेकाहरुको खोजी तथा उद्दार भइरहेको जनाएको छ ।

इड्लीब विद्रोही समूहको पहडमा रहेको सिरियाको अन्तिम क्षेत्र हो । सिरियाली सरकारले विद्रोहीले कब्जा गरेका अन्य क्षेत्रमा कारबाही तिव्र पारेर आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

रुस तथा इरानको समर्थन पाएको सिरियाली सरकारले इड्लीबलाई पनि नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी