२७ साउन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई अाज अदालतमा उपस्थित गराएर २ दिनकाे म्याद थप गरिएकाे छ । तर अाज प्रहरीले प्रकाण्डलाइ सन्चारकर्मिसँग प्रतिकृया दिन राेक लगाइयाे ।
प्रकाण्डलाई म्याद थपको लागि टेकु प्रहरीले काठमाडौं जिल्ला अदालतमा ल्याउँदै गरेको खबर पाए लगत्तै अदालत परिसरमा जम्मा भएका सन्चारकर्मी बाहिर निस्कदा प्रश्न साेध्न तयार भएर बसेका थिए । गिरफ्तार परेपछि यातना दिएकाे कुराहरू बाहिर अाइरहेकाबेला साेहि बारे सन्चारकर्मी प्रष्ठ हुन प्रहश्न साेध्न अातुर थिए । प्रकाण्डसँग उनीमाथिको अभियोग र हिरासत बसाईमा भइरहेको मानव अधिकारको पालनाबारे पनि जिज्ञासा राख्ने भनिरहदा अचानक प्रकाण्डलाइ बाहिर निकालियाे । भित्र जाँदा खाेलिएकाे हत्कडि अदालतकै ढाेकामा अाइपुगेलगत्तै प्रहरीले पुनः लगाए र जबरजस्त गाडिमा चढाए। पत्रकारले साेधका प्रश्नकाे जवाफ समेत दिने माैका पाएनन् ।
तर प्रहरीकाे भ्यानमा चडाइएकै अवस्थामा अाफुलाइ दुइ दिनकाे म्याद थिएकाे र अन्य अाफ्ना सहयाेगी सहित गिरफ्तार तीन जनालाइ ३ दिनकाे म्याद थपिएकाे जानकारी दिए ।
टेकुबाट प्रकाण्ड सहित चार जनालाइ राखेर ल्याइएकाे भ्यान परिसरभित्र इजलास छिर्ने ढाेकैनेर रोकिर भ्यानबाट करिब दुई दर्जन प्रहरीले घेरा हाल्दै इजलासभित्र लगेका थिए भने उनी अाउनु झन्डै पाैने घणटा अघिबाटै बाक्लाे मात्रामा अदालत परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएकाे थियाे ।
डेढ घण्टाजति इजलासमा राखिएपछि बाहिर ल्याइएका प्रकाण्डलाई ढोकैमा राखिएको भ्यानमा चढाइयो । त्यो बेला पनि पत्रकारहरुले प्रहरीको घेराबाहिरैबाट भएपनि प्रश्न सोधे । तर जवाफ दिने बेला प्रहरीले जोरजुलुम गरेर भ्यानभित्र बलपूर्वक धकेल्दै कोच्ने प्रयत्न गरिरहे ।
त्यति नै बेला ‘तपाईहरुलाई हिरासतमा यातना दिइया भन्नेछ नि, कस्तो यातना हो ?’ भन्ने प्रश्नमा प्रकाण्डले दुईपटक ‘हो, हो …’ मात्र भन्न सके । अभियोगबारे थप बोल्न खोज्दै थिए, हतियारधारी सुरक्षाकर्मीले बल प्रयोग गरेरै भ्यानभित्र पुरयाए । त्यसरी बोल्न बन्देज लगायो । प्रश्नको पूरै जवाफ सुन्न समेत दिएनन् । राज्यले प्रकाण्ड लगायत गिरफ्तारहरुलाई अपराधीलाई सरह व्यवहार गरेको प्रष्ट देखियो
दुई पटक मन्त्री भइसकेका र राजनीतिक उचाई बनाइसकेका एक जना नेतालाई अपराधीलाई झैं हत्कडी लगाउनु अमानवीय र फासीवादी हर्कत भनेर चौतर्फी विरोध भइरहँदा पनि सरकारले पूरै बेवास्ता गर्दै आइरहेको छ ।
साउन २३ मा यही अदालतमा प्रकाण्डले अाफूमाथि लागेको अाराेपबारे धारणा राख्ने स्वतन्त्रता पाएका थिए । तर योपटक त्यो स्वतन्त्रताको हत्या भएको छ ।
हेर्नुहाेस्र भिडियाे

