एजेन्सी, २६ साउन ।
अमेरिकाको सियाटल ट्याकोमा अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट विमान चोरी भएको छ ।
अनुमती विना एक यात्रुले चोरेको विमान समुन्द्रमा खसेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
विमानमा यात्रु चड्नु अघि नै ती व्याक्तिले विमान उडाएको बताईएको छ ।
समुन्द्रमा विमान खसेपनि चालकको अवस्था र परिचय नखुलेको बीबीसीले उल्लेख गरेको छ । घटनामा आतंकवादी समुहको हात नरहेको स्थानिय प्रशासनले पुष्टी गरेको छ ।
सियाटल टाईम्सका अनुसार ट्राफिक कन्ट्रोलसँग ति विमान चालकले उट्पट्याङ कुराकानी गरेका थिए । होराईजन एयर क्यु ४०० विमान अनियमित रुपमा आकाशमा उडेको भिडियो ईन्टरनेटमा भाईरल भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline