विश्व बैंकद्धारा संघियताको स्थानीय ढाँचाका लागि नेपाललाई १० करोड डलर सहयोग स्वीकृत

विश्व बैंकद्धारा संघियताको स्थानीय ढाँचाका लागि नेपाललाई १० करोड डलर सहयोग स्वीकृत

  • शनिबार, साउन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, २६ साउन ।
वित्तिय क्षेत्रमा मध्यावधिक सुधार कार्यक्रम अन्तर्गत नेपालको आर्थिक स्थायित्वका लागि विश्व बैंकले १० करोड डलर सहयोग स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक सहितको बोर्ड बैठकले संघियताको स्थानीय ढाँचाका लागि सहयोग गर्ने निर्णय गरेको हो । आगामी ५ वर्षका लागि सो कार्यक्रम सञ्चालन गरिनेछ ।

नेपालको समृद्धिका लागि संघियताले ठूलो सहयोग गर्ने बिश्वास गर्दै विश्व बैंकका नेपाल निर्देशक क्मिाओ फानले संघियताको कार्यान्वयन सँगै उत्तरदायी सेवाका लागि सो रकम खर्च गरिने बताउनु भयो ।

अमेरिकामा रहेका अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकसँगको सहकार्यमा मुलुकमा सुरक्षा, न्याय, सुशासन सहित विकासको अवसर खोल्ने आशा ब्यक्त गर्नुभएको छ ।

नेपाली मोडल अनुसार विश्व बैंकको सहयोग केन्द्रित रहने मन्त्री खतिवडाले विश्वास ब्यक्त गर्नुभएको छ । विश्व बैंकको सहयोगमा नेपालमा हाल २१ वटा योजनाहरु सञ्चालनमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ