यमनमा सेनाको आक्रमणबाट २० बालबालिकाको मृत्यु, आक्रमण अन्तर्रा्ष्ट्रिय कानुनअनुरुप भएको दाबी

यमनमा सेनाको आक्रमणबाट २० बालबालिकाको मृत्यु, आक्रमण अन्तर्रा्ष्ट्रिय कानुनअनुरुप भएको दाबी

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

यमन, साउन २५ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी २९ बालबालिकाको मृत्यु भएको छ ।

आक्रमणमा परी अन्य ३० बालबालिका घाइते भएको अन्तर्रा्ष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ ।

उत्तरी यमनको शाद इलाकाको बजार क्षेत्रमा गुडिरहेको बसमा सवार बालबालिका आक्रमणमा परेका हुन् । साउदी गठबन्धनले हुथी विद्रोहीविरुद्व लडिरहेको यमन सरकारलाई समर्थन गरिरहेको छ ।

हुथी विद्रोहीको स्वास्थ्य मन्त्रालयले भने हमलामा मारिने बालबालिकाको संख्या ४३ रहेको र तिनीहरुमध्ये अधिकांश १० बर्षभन्दा कम उमेरका रहेको जिकिर गरेको छ ।

हुथी विद्रोहीविरुद्व कारबाही गरिरहेका समूहले भने यो आक्रमणलाई जायज भनेका छन् । हुथी विद्रोहीले गरेको ब्यालेष्टिक मिसाइलको जवाफमा आफुहरुले प्रत्याक्रमण गरेको भन्दै गठबन्धन समूहले यसलाई अन्तर्रा्ष्ट्रिय कानुनअनुरुपकै भएको बताएका छन् ।

मानव अधिकारवादी संगठनहरुले भने साउदी अरब नेतृत्वको गठबन्धन सेनाले स्कुल, बजार, अस्पताल र आवासीय क्षेत्रलाई निशाना बनाउने गरेको बताएका छन् ।

सन् २०१४ देखि जारी कारबाहीमा अहिलेसम्म १० हजार व्यक्तिको मृत्यु भइसकेको छ । जसमध्ये दुई तिहाइ आम नागरिक रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ