रुसमाथि प्रतिबन्ध लगाउ अमेरिकाको तयारी

रुसमाथि प्रतिबन्ध लगाउ अमेरिकाको तयारी

  • बिहिबार, साउन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी, साउन २४ ।
अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि भएको आक्रमणमा रुसको संलग्नता पुष्टि भएको भन्दै अमेरिकाले प्रतिबन्धको तयारी गरेको हो ।
रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् । नयाँ प्रतिबन्धमा इलेक्ट्रोनिक लगायत प्राविधिक सामानहरुको निर्यात पर्छन् ।

अमेरिकी विदेश मन्त्रालयको राज्य विभागले एक विज्ञप्ति जारी गर्दै पूर्व जासुसमाथिको आक्रमणमा रुस दोषी देखिएकाले प्रतिबन्ध कार्यान्वयन हुने जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नार्टले अन्तर्रा्ष्ट्रिय कानून उल्लंघन गर्दै रुसले आफ्नै नागरिकविरुद्ध रसायनिक तथा जैविक हतियार प्रयोग गरेकाले प्रतिबन्ध लगाउन लागेको बताएकी छन् ।

तर रुसले भने आक्रमण आफूले नगरेको भन्दै अमेरिकी आरोपको खण्डन गर्दै आइरहेको छ । गत मार्चमा रुसका पूर्वगुप्तचर सेर्गेई र उनकी छोरीमाथि बेलायतको साल्सबरीमा विषालु ग्यास आक्रमण भएको थियो ।

जसबाट गम्भीर बिरामी परेका उनीहरु लामो उपचारपछि निको भएका थिए । यो घटनापछि आक्रोसित भएको ट्रम्प प्रशासनले ५ दर्जन रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

विशेष गरी रिपब्लिकन सांसदहरुले रुसले अन्तर्रा्ष्ट्रिय कानून तोडेर रसायनिक हतियार प्रयोग गरेकाले प्रतिबन्धको माग गर्दै आएका थिए । यहीबीच अमेरिकी विदेश मन्त्रालयले रुसले १९९१ को कानून तोडेको औपचारिक रुपमा बताएको हो ।

अन्तर्रा्ष्ट्रिय कानून उल्लंघनको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रो घटना हो । जसको बेलायत सरकारले स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ