व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा जोड दिदै निर्यात प्रबद्धन गर्नुपर्छ: खतिवडा

व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा जोड दिदै निर्यात प्रबद्धन गर्नुपर्छ: खतिवडा

  • बिहिबार, साउन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाण्डौ, २४ साउन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानले अंगीकार गरेको जनताका अधिकारहरूलाइ सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको वताउनु भएको छ ।

विश्व बैंकको मुख्यालयमा आयोजित नेपाल दिवस कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले संघीयता कार्यान्वयन र पुर्वाधार विकासकोलागि विश्व बैंक लगायत विकास साझेदारहरूबाट उच्च स्तरको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

नेपालको समिष्टगत आर्थिक सूचकाँकहरू अनुकुल रहेको, लगानीको वातावरणमा सुधार भएको भन्दै उहाँले सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संस्थाहरू, गैर सरकारी संध संस्था तथा विकास साझेदारहरु मिलेर अगाडि बढ्ने बताउनु भयो ।

अहिले करका प्रावधानहरू प्रतिस्पर्धी रहेको, युवाहरूको जनसंख्याको बाहुल्यता रहेको, थप पूर्वाधार निर्माणमा सरकार प्रतिबध्द रहेकोले निजी क्षेत्रले लगानी गर्न उपयुक्त वातावरण वनेको पनि उहाँको भनाई थियो ।

कार्यक्रममा सहभागी विश्व बैंकका विभिन्न विभागहरूमा कार्यरत विषय विज्ञहरू र नेपालका अन्य विकास साझेदारहरूले राखेको जिज्ञासाको जवाफ दिदैँ उहाँले प्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धी अत्यावस्यक रहेको, व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा जोड दिदै निर्यात प्रबद्धन गरिने कुरा बताउनु भयो ।

सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको समेत उहाँले बताउनु भयो ।
साथै कार्यक्रममा अर्थमन्त्रालय अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले नेपालमा सेवा प्रवाह, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा भएका सुधार र विकास वित्तको थप आवस्यकताबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।

बैंकको बोर्डबाट पारित भएको विकासको साझेदारी ढाँचालाइ कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा माननीय अर्थमन्त्रीको उपस्थितिमा विश्व बैंकका विभिन्न विभागहरूले आजै प्रस्तुतीकरणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी