अमेरिकाद्धारा इरानमाथि बहुमूल्य धातु र सुनको व्यापारमा प्रतिबन्ध, ‘मनोवैज्ञानिक युद्ध’को संज्ञा

अमेरिकाद्धारा इरानमाथि बहुमूल्य धातु र सुनको व्यापारमा प्रतिबन्ध, ‘मनोवैज्ञानिक युद्ध’को संज्ञा

  • मङ्लबार, साउन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी, साउन २२ ।
अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ । आज बिहानदेखि लागू हुने गरी प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ ।

अमेरिकाले इरानको अटो मोबाइल क्षेत्र सँगै बहुमूल्य धातु र सुनको व्यापारमा प्रतिबन्ध लगाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक दबाबका कारण नयाँ सम्झौताका गर्न इरान तयार हुने बताउनु भएको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकाको यो कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिनुभएको छ । अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहोर्याएको हो ।

इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर पारमाणविक सम्झौता रद्द गर्दै अमेरिकाले फेरि प्रतिबन्ध लगाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ