इन्डोनेसियामा ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पः ८२ जनाको मृत्यु, सयौं घाइते

इन्डोनेसियामा ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पः ८२ जनाको मृत्यु, सयौं घाइते

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं । इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ ।

उत्तर तटिय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परेर सयौं घाइते भएका छन् ।

घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ । कतिपय स्थानमा विजुलीका पोल ढलेकाले विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।

भूकम्पपछि विज्ञहरुले सुनामीको चेतवनी दिएका छन् । सुनामीको चेतवनीपछि थप त्रास फैलिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इन्डोनेसियाको पर्यटकीय स्थल लामबोकमा एक हप्ताअघि गएको शक्तिशाली भूकम्पमा कम्तिमा १६ जनको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ