भारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड््स फेसन रनवे तथा टिन एस्थेटिक किड््स फेसन रनवेमा सहभागी नेपाली प्रतिस्पर्धीहरु उपाधीसहित नेपाल फर्केका छन्् ।
गत आइतबार भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड््स फेसन रनवेमा नेपालकि साइब्या घिमिरेले उपाधी जित्न सफल भइन्् । ५ वटा देशबाट सहभागी ५२ जना प्रतिस्पर्धीबीचबाट घिमिरे विजेता बन्न सफल भएकि हुन्् । त्यसैगरी यसै प्रतिस्पर्धामा नेपालकै अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार श्रेष्ठ सेकेन्ड रनर अप भए । यसैगरी लिटिल विधातर्फ नै नेपाली प्रतिस्पर्धी नमन मित्तलले बेस्ट फोटोजेनिक टाइटल जिते ।
एकैसाथ सम्पन्न दुइवटा इभेन्टमा पाँच जना नेपाली प्रतिस्पर्धीले उपाधीका साथमा अन्य विधामा पनि टाइटल हात पारेका छन्् । टिन एस्थेटिक्स किड््स फेसन रनवेमा भने नेपाली प्रतिस्पर्धी प्रेजु कायस्थ दोश्रो भइन्् । त्यसैगरी नेपालका तर्फबाट प्रतिस्पर्धामा भाग लिएकि महिमा बज्राचार्यले यस विधामा ट््यालेन्टेड पर्सनालिटिज हुन सफल भइन्् ।
गत वैसाखमा रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा काठमाडौंमा सम्पन्न लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र टिन प्रिन्सेज डिभाका विजयी प्रतियोगीहरुले भारतमा किड््स फेसन रनवे प्रतिस्पर्धामा भाग लिएका हुन्् । नेपालको विजयी प्रतियोगीको हैसियतले पाँच जना प्रतिस्पर्धीलाई रेडियन्ट ईभेन्ट म्यानेजमेन्टले भारतमा यस प्रतियोगीतामा सहभागीताको लागी लगेको हो । नेपालबाट प्रतिस्पर्धामा भाग लिएका पाँचै जना प्रतिस्पर्धी कोही खालि हात भएनन्् ।
भारतमा सम्पन्न प्रतियोगीतामा पनि नेपाली प्रतिस्पर्धीहरुका लागी नेपालका ईन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजुले कोरीयोग्राफी गरेका थिए भने प्रतिस्पर्धीहरुको ड्रेस डिजाइन श्रीषा बैदार फैजुले गरेकि हुन्् । यस किसिमका प्रतियोगीताहरुले मिस वल्र्ड जस्ता प्रतियोगीताको लागी समेत आधार बनाउँदै जाने इन्टरनेशनल कोरीयोग्राफर राज फैजुले बताउनुभयो । ‘हालसम्म नेपालका ब्यूटि पेजेन्टका विजेताहरु सिधै अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा सहभागीता जनाउन जाने भइरहेको थियो । अब ससाना भाईबहिनीहरुले पनि यसरी अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी हुन जाने वातावरण बनेको छ । र आज यसरी अन्तर्राष्ट्रिय प्रतियोगीता समेत जितेर नेपालले भविष्यमा मिस वल्र्डको उपाधी पनि जित्न सक्छ भन्ने प्रमाणित भएको छ’ फैजुको भनाई थियो ।
प्रतियोगीतामा नेपाल र भारतको साथै दुबई, सिंगापुर र मलेसियाबाट समेत जम्मा ५२ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको थियो ।