ग्वाटेमालाका पूर्वराष्ट्रपति पक्राउ, भ्रष्टाचार गरेको आरोप

ग्वाटेमालाका पूर्वराष्ट्रपति पक्राउ, भ्रष्टाचार गरेको आरोप

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

ग्वाटेमाला सिटी, १९ साउन  ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ ।

भ्रष्टाचार गरेको अभियोगमा उहाँलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हड्डीको दुखाइसम्वन्धी समस्याबाट पीडित हुनु भएका कोलोमलाई शुक्रबार राती पक्राउ गरिएको हो । उहाँ अहिले ६६ वर्षको हुनुभएको छ ।

उहाँलाई गत फेब्रुअरीमै भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । सेनाको नियन्त्रणमा रहेको कारागारमा उहाँलाई राखिएको छ ।

उहाँसँगै सन् २००८ देखि २०१२ सम्म सरकारमा रहेका अन्य दश जनालाई पनि उही आरोप लगाइएको छ ।

उनीहरुलाई पक्राउ गरेर कारागारमा राखिएकोमा अधिकांशलाई जमानतमा रिहा गरिएको अधिकारीले बताएका छन् । उनीहरुलाई भने गत फेब्रुअरीमै पक्राउ गरिएको थियो ।

कोलोमसँगै एउटै मुद्दामा पक्राउ पर्नेमध्ये एक जना पूर्वअर्थमन्त्री जोन आल्बेर्टो फोन्टेस नाइट र अक्सफाम इन्टरनेशनलका अध्यक्ष पनि हुनुहुुन्छ ।

सार्वजनिक श्रोत, साधन र सम्पत्तिको दुरुपयोग गरेको अभियोग लागेका उनीहरु सबैको अनुसन्धान भइरहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ