उत्तर कोरियाले अझै आणविक हतियार बनाइरहेको दाबी, गोप्य प्रतिवेदन राष्ट्रसंघको सुरक्षा परिषदमा

उत्तर कोरियाले अझै आणविक हतियार बनाइरहेको दाबी, गोप्य प्रतिवेदन राष्ट्रसंघको सुरक्षा परिषदमा

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

१९ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाले अझै पनि आणविक र क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गरिरहेको पाईएको जनाएको छ ।

प्योङयाङले अवैध रुपमा जहाजबाट जहाजमै तेल स्थानान्तरण गरिरहेको र आफूले बनाएका हतियारहरु अन्य देशलाई बेच्ने खोजेको प्रतिवेदन सार्वजनिक भएको हो ।

स्वतन्त्र विज्ञहरुले तयार पारेको गोप्य प्रतिवेदन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई बुझाइएको थियो । उत्तर कोरियाले भने प्रतिवेदनमाथि कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा भएको शिखर वार्तामा निशस्त्रीकरणका लागि काम गर्ने सहमति भएको थियो । तर, प्योङयाङले गोप्य रुपमा नयाँ व्यालेस्टिक मिसाइल बनाइरहेको अमेरिकी अधिकारीहरुको पनि दाबी छ ।

उत्तर कोरियामा अमेरिकी प्रतिवन्धको कार्यान्वयनलाई निगरानी गरिरहेका विज्ञहरुले राष्ट्रसंघको प्रतिवेदन तयार पारेका हुन् । प्रतिवेदनमा भनिएको छ, ‘उत्तर कोरियाले आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई अझै पनि रोकेको छैन । सन् २०१८ मा अवैध रुपमा जहाजहरुबाट ठूलो परिणाममा पेट्रोलियम पदार्थ र कोइलाको स्थानान्तरण गरेर सुरक्षा परिषदको संकल्पलाई चुनौती दिइरहेको छ ।’

साथै ‘प्योङयाङले विदेशी बिचौलियाहरुमार्फत साना र हलुका हतियार, सैन्य सामग्रीहरु लिबिया, सुडान र यमन जस्ता देशहरुलाई बेच्ने प्रयास गरेको’ प्रतिवेदनमा उल्लेख छ ।

उत्तर कोरियाको क्रियाकलापहरुले आर्थिक प्रतिबन्धहरु निश्प्रभावी भएको विज्ञहरुको निष्कर्ष छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ