अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका न्युयोर्कमा फेला परिन्

अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका न्युयोर्कमा फेला परिन्

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

वासिङ्टन, १९ साउन।

अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन् ।
वासिङ्टन मेट्रोपोलिटन नगरको एयरपोर्ट प्रहरीले विज्ञप्ति प्रकाशन गरेर सो जानकारी गराएको हो ।
जिनजिङ मा नाम गरेकी १२ वर्षीय ती बालिका वासिङ्टननजिकको सो विमानस्थलबाट गएको बिहीबार हराएकी थिइन् । चिनियाँ पर्यटकको समूहमा रहेकी उनी विमानस्थलबाटै हराएकी थिइन् ।
उनलाई आमाबुवासँगै साथमा भेटिएको सो प्रहरी विमानास्थल प्रहरीले जनाएको छ ।
तर समूहबाट हराएको भनिएकी उनी विमानस्थलबाटै के कसरी हराइन् र कसरी आमाबुवासँग पुगिन् भन्ने बारेमा अनुसन्धान गर्न एक प्रहरी अधिकृतको अध्यक्षतामा समिति गठन गरिएको जनाएको छ ।
समूहमा गएकी उनी विमानस्थलको आगमन कक्षबाट बाहिरिएको ‘रेकर्ड’ नभएकोले उनी हराएको भनी प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ