ट्रम्पलाई कम नआँक्न चीनलाई चेतावनी

ट्रम्पलाई कम नआँक्न चीनलाई चेतावनी

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

१९ साउन, काठमाडौं । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले डोनाल्ड ट्रम्पलाई कम नआँक्न चीनलाई चेतावनी दिनुभएको छ ।

दुई देशबीच व्यापार करको विषयलाई लिएर विवाद बढिरहेका बेला कुड्लोले ट्रम्पलाई कमजोर मूल्याङ्कन नगर्न चेतावनी दिदैँ उचित समय आएपछि ट्रम्पले यसबारे प्रतिक्रिया दिने बताएक हुन् ।

अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहकार ल्यारी कुड्लोले ‘चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई कम आँक्नु राम्रो नभएको बताउनु भयो ।

बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापारकर बारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्ब अमेरिकी डलर बराबरको व्यापारकर लगाउने बताएको केही समयमै कुड्लोको यो प्रतिक्रिया आएको हो ।

ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँकर लगाउने बताएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ