निगमले आज देखि आफ्नो पहिलो वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान गर्दै

निगमले आज देखि आफ्नो पहिलो वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान गर्दै

  • बुधबार, साउन १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, साउन १६।
नेपाल वायु सेवा निगमले आज देखि आफ्नो पहिलो वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान गर्दैछ । गत सोमबार नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेपछि निगमले पूर्व निर्धा्रित समयमै उडान गर्न लागेको हो ।

निगमका अनुसार पहिलो उडान कतारको राजधानी दोहामा हुनेछ । आजराति ८ बजे आफ्नो नियमित तालिका अनुसार नै वाइड बडी दोहाका लागि उडान गर्ने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

वाइड बडी उडानको अवसरमा निगमले काठमाडौँदेखि दोहासम्मको एकतर्फी भाडा न्यूनतम ११ हजार रुपियाँ निर्धारण गरेको छ । त्यस्तै काठमाडौँ–दोहा–काठमाडौँको दोहोरो भाडा न्यूनतम १८ हजार रुपियाँ तोकिएको निगमले जनाएको छ ।

दोहादेखि काठमाडौँसम्मको उडानमा निगमले बिजनेस स्तरका यात्रुलाई ५५ किलोग्राम र इकोनोमी टिकटसहितका यात्रुलाई ४५ किलोग्राम ब्यागेज निःशुल्क लिन पाउने सुविधा उपलब्ध गराएको छ ।

निगमले गत असार १४ गते फ्रान्सको तुलुजबाट पहिलो वाइड बडी जहाज नेपाल ल्याएको हो । फ्रान्सेली जहाज निर्माता एयरबसको उक्त वाइडबडी निगमले आफ्ना अन्य गन्तव्यमा समेत प्रयोग गर्ने योजना बनाएको छ ।

जहाजमा २७५ सिट छन् । यसमध्ये १८ वटा सिट बिजनेस स्तरका छन् । निगमले दोस्रो वाइड बडी जहाज मकालु गत साउन १० काठमाडौँ ल्याइ सकेको छ । प्राधिकरणबाट उडान अनुमति पाएपछि त्यसबाट पनि नयाँ गन्तव्यमा उडान गर्ने निगमको तयारी छ ।

निगमका अनुसार दक्षिण कोरिया, जापान र साउदी अरबमा वाइड बडीले उडान गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी