अमेरीकी राष्ट्रपति ट्रम्पद्धारा ईरानी राष्ट्रपति रुहानीसगँ वार्ता गर्ने चाहना

अमेरीकी राष्ट्रपति ट्रम्पद्धारा ईरानी राष्ट्रपति रुहानीसगँ वार्ता गर्ने चाहना

  • मङ्लबार, साउन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

परमाणु सम्झौताबाट बाहिरीएको अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानका राष्ट्रपति रुहानीसगँ वार्ता गर्ने ईच्छा व्यक्त गर्नु भएको छ ।
ह्वाईट हाउसमा ईटालीका प्रधानमन्त्रीसगँको सयुक्त प्रेस मिटमा ट्रम्पले आफू वार्तामा विस्वास गर्ने भएकाले ईरानी राष्ट्रपतिले चाहेको समय र स्थानमा बार्ता गर्न तयार रहेको बताउनु भयो ।
दुवैदेशबीच तनाव बढ्दै युद्धको आशका बढीरहेका बेला यो धारणा आएको हो । यसबारे ईरानको कुनै प्रतिकृया आएको छैन ।
ट्रम्पको यो धारणा आउनु केही घण्टा अघि मात्रै इरानी विदेश मन्त्रीले अमेरीकाको कुनै भरोसा नभएकाले वार्ताको संभावना नरहेको बताउनु भएको थियो ।
परमाणु सन्धिबाट अमेरीका बाहिरीए पनि रुस, चीन, जर्मन लगायतका जी सेभेनका राष्ट्रहरुले सम्झौतामा अडिग रहने बताए पछि अमेरीका नैतिक संकटमा पर्दै आएको थियो ।
ईरानमाथि थप प्रतिवन्ध लगाउदै इरानी तेल लगायतका बस्तु आयातमा प्रतिवन्ध लगाउने अमेरीकी चेतावनी पछि ईरान दवावमा थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ