वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका शेयर, प्रतिफल पाउन गाह्रो

वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका शेयर, प्रतिफल पाउन गाह्रो

  • सोमवार, साउन १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौँ, १४ साउन।

शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ ।

सो कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीेले साधारण शेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ ।

इक्रा नेपालको रेटिङमा पाँचौं नम्बर पाएको सो कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत् आयोजनाको स्थानीयवासीका लागि छुुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको आर्थिक अवस्था असाध्यै कमजोर रहेको त देखिन्छ नै शेयर लगानीकर्ताले आगामी नौ वर्षपछि मात्रै प्रतिफल पाउन सक्ने अवस्था छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको आठ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता रु एक सय मूल्य अंकित रु आठ करोड बराबरको शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर छिटोमा यही साउन ३१ तथा ढिलोमा भदौ १५ गतेसम्म खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सो कम्पनीको सेयर खरिद गर्न न्यूनतम ५० देखि अधिकतम चार हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सो आयोजनाको क्षमता ८.४ मेगावाट रहेको छ ।

यस्तै आजदेखि साधारण शेयर बिक्री शुरु गरेको युनियन हाइड्रोपावर कम्पनीको पनि इक्रा नेपालले गरेको रेटिङमा पाँचांै ग्रेड पाएको छ । यो भनेको वित्तीय रुपमा असाध्यै कमजोर छ भन्ने संकेत हो । सो कम्पनीले आयोजना प्रभावित लमजुङका बासिन्दालाई साधारण शेयर बिक्री गर्न लागेको हो । लमजुुङमा सञ्चालित तीन मेगावाट क्षमताको मिदिम खोला जलविद्युत् आयोजनाले स्थानीयवासीका लागि छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको सात लाख ५० हजार कित्ता शेयर बिक्री शुरु गरेको हो । प्रतिकित्ता रु एक सय अंकित मूल्यमा रु सात करोड ५० लाख बराबरको शेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । सो कम्पनीको शेयर खरिद गर्नेले छिटोमा साउन २८ तथा ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । वित्तीय रुपमा कमजोर रहेको सो कम्पनीको शेयरमा लगानी गर्नेले प्रतिफलका लागि आठ वर्ष प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

इक्रा नेपालको रेटिङमा हिमालयन ऊर्जा विकास कम्पनीले पनि चौथो ग्रेड पाएको छ । यस्तै केही समय पहिले साधारण शेयर बिक्री गरेर बाँडफाँडसमेत गरिसकेको पञ्चकन्या माईहाइड्रो पावरको समेत ग्रेडिङ असाध्यै कमजोर रहेको थियो । सो कम्पनीको शेयरमा दशगुणा बढी आवेदन प¥यो ।

यी तथ्यले के देखाउँछ भने पछिल्ला दिनमा वित्तीय अवस्था कमजोर रहेका र रेटिङमा समेत असाध्यै पछाडि रहेका जलविद्युत् कम्पनीले एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गरिरहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डले सबै विवरण बुझाएपछि साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । साना लगानीकर्ता भने यस्ता कम्पनीको शेयर खरिद गरेर के कति नाफा कमाउलान् भन्नेतर्फ कोही कसैले सोचेको देखिदैन । बोर्डका प्रवक्ता नीरज गिरीकाअनुसार नियम पु¥याएर आएका कम्पनीलाई अनुमतिपत्र दिइएको छ ।

“लगानी गर्दा जोखिम छ कि छैन भन्ने हेर्ने जिम्मा लगानीकर्ता कै हो । त्यही भएर बोर्डले सार्वजनिक आह्वानपत्र प्रकाशित गर्दा नै सबै विवरण उल्लेख गर्न भनेका छांँै, ” प्रवक्ता गिरीले भन्नुभयो, “लगानीकर्ताले शेयर खरिद गर्ने कम्पनीको विवरणका आधारमा नै आफै निर्णय गर्दा नै उपयुक्त हुन्छ ।”

पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन(एफपिओ) समेत बिक्री हुनसकेको छैन । नेपाल बैंक लिमिटेडको आइतबार मात्रै एफपिओ बिक्रीको अवधि सकियो । रु दुई अर्ब ७० करोडभन्दा बढीको खरिद भएन । बैंकले करीब रु चार अर्ब ९५ करोडको एफपिओ बिक्री गर्न लागेको थियो ।

एफपिओ नै बिक्री नभएर शेयर प्रत्याभूतकर्ता कम्पनीले उठाउनु परिरहेको छ । धमाधम आर्थिक अवस्था कमजोर भएका कम्पनीले साधारण शेयर बिक्री गरिरहेका छन् । बोर्डकाअनुसार मैलुङखोला जलविद्युत् कम्पनीले रु सात करोड ३६ लाख २८ हजार ६ सय बराबरको सात लाख ३६ हजार २८६ कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ ।

कालिका पावर कम्पनी पनि रु १२ करोड बराबरको १२ लाख कित्ता तथा शिवश्री हाइड्रोपावर लिमिटेड १४ लाख ७६ हजार ४ सय कित्ता शेयर बिक्री गर्ने तयारीमा छ । गज्र्याङ उपत्यका हाइड्रो पावरले दुई लाख कित्ता र लाफिङ बुद्धले नौ लाख ७८ हजार बराबरको शेयर बिक्रीका लागि तयारी गरेको छ । अधिकांश कम्पनीको आर्थिक अवस्था कमजोर देखिएको छ ।

शेयर विश्लेषक नीरज पुडासैनीको विचारमा तत्काल फाइदा लिई हालांैँ भन्ने मान्यताका साथ लगानीकर्ताले शेयरमा लगानी गर्ने गरेको पाइएको छ । नाफा प्राप्त गर्ने अवधि लामो भएका कम्पनीको शेयर खरिद गर्ने वा नगर्ने भन्ने विषय लगानीकर्ताको विवेकको विषय रहेको उहाँको भनाइ छ । साना लगानीकर्तालाई भने त्यस्ता कम्पनीको शेयर खरिद गर्दा समस्या पर्नसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी