राष्ट्रसंघीय प्रमुखद्वारा मालिमा शान्ति स्थापना गर्न आग्रह

राष्ट्रसंघीय प्रमुखद्वारा मालिमा शान्ति स्थापना गर्न आग्रह

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

संयुक्त राष्ट्रसंघ, १३ साउन ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले मालीमा राष्ट्रपतीय निर्वाचनका लागि शान्ति स्थापना गर्न आह्वान गर्नुभएको छ ।
उहाँले निर्वाचन प्रचार प्रसारका क्रममा अहिलेसम्म देखिएको वातावरणबाट आफू उत्साहित भएको पनि बताउनुभएको छ ।

तर पनि मुलुकको उत्तरी र मध्य भागमा अझै पनि सुरक्षा चुनौती रहेको तर्फ पनि उहाँले सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

मुलुकलाई “शान्तिपूर्ण मार्ग” मा लैजानका लागि अझै पनि सुरक्षा व्यवस्थापन आवश्यक रहेको तर्फ महासचिव गुटेर्रेसले जोड दिनुभएको छ । उहाँले “निर्वाचनलाई लोकतन्त्रको एउटा महत्वपूर्ण उत्सव”का रुपमा लिन सुझाव दिनु भएको अधिकारीहरुले जनाएका छन् ।

निर्वाचनसँग सम्बन्धित सबै राजनीतिक पार्टीहरुलाई पनि उहाँले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनाउन आग्रह गर्नुभएको छ । कानुन अनुसार स्वतन्त्र र पारदर्शी प्रक्रिया मार्फत निर्वाचन सम्पन्न गरेर मुलुकका समस्या समाधानको बाटोतर्फ लाग्न पनि महासचिव गुटेर्रेसले सुझाव दिनुभएको छ ।
निर्वाचनका लागि वर्तमान राष्ट्रपति इब्राहिम बौबाकार कैतासहित २४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । चुनावमा ८० लाख भन्दा बढी मतदाता रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ