काठमाण्डौं, साउन १० ।
सिटिजन्स बैंक इन्टरनेशनलले यही साउन १५ गतेबाट (फर्दर पब्लिक अफिरेन्स) एफपीओ निष्काशन गर्ने भएको छ ।
बैंकले एक सय रुपैयाँमा एक सय रुपैयाँ प्रिमियम थप गरी प्र्रतिकित्ता दुुई सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी चार लाख ६३ हजार आठ सय २६ कित्ता एफपीओ जारी गर्न लागेको हो ।
बैंकका अनुसार सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम २३ सय कित्तासम्मको एफपीओ खरिदको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुँजी १० अर्ब तथा जारी पुँजी आठ अर्ब सात करोड ९६ लाख १९ हजार रुपैयाँ रहेको बैंकको सेयर निष्काशन तथा बिक्री प्रकन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline