पाकिस्तानी चुनावमा बम विस्फोट, ३१ को मृत्यु,२० जना घाइते

पाकिस्तानी चुनावमा बम विस्फोट, ३१ को मृत्यु,२० जना घाइते

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी ९ साउन ।

पाकिस्तानको क्वेट्टा शहरमा चुनाव चल्दै गर्दा भएको बम विस्फोटमा ३१ को मृत्यु हुनु्का साथै दर्जनौं घाइते भएका छन् ।

मृत्यु हुनेमा पाँच जना प्रहरी तथा दुइ बालक पनि रहेको स्थानीय डन डट कमले जनाएको छ । मतदाताहरु पूर्व क्रिकेटर इमरान खान र पूर्व प्रधानमन्त्री नवाज शरिफको दलमा विभक्त छन् ।यत्रतत्र स(साना विष्फोट तथा दुइ दलका समर्थकबीच झडप पनि भइरहेको छ ।

चुनावको प्रचार प्रसार र मतदानलाई धाँधली र झडपका कारण ओझेलमा परेको छ । पाकिस्तानको मानव अधिकार आयोगले चुनाव बिथोल्न नकारात्मक र हिंसात्मक प्रयासहरु भइरहेको जनाएको छ ।

देशभरमैे कडा सुरक्षा कायम गर्न तथा मतपेटिकाको रक्षा गर्न ३ लाख ७० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनुको बावजूद हिंसा भड्किएको हो ।

बलोचिस्तान प्रान्तको क्वेट्टामा भएको विष्फोट एउटा निर्वाचन केन्द्रको ढोका अगाडि सुरक्षाकर्मीलाई लक्षित गरिएको आत्मघाती प्रयास भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

यसै महिनामा भएको पछिल्लो बम विष्फोटमा १४९ जनाको ज्यान गएको थियो जसलाई अहिलेसम्मकै क्रुरतापूर्ण आत्मघाती विष्फोट मानिएको थियो । यो घटनाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ