महिला आयोग एनजिओले कब्जा गरेपछि…

महिला आयोग एनजिओले कब्जा गरेपछि…

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, ९ साउन ।राष्ट्रिय महिला आयोगमा गैरसरकारी संस्था हावी भएपछि क्षेत्राधिकारका सवालमा आयोग निकै खुम्चिएको छ । देशैभर कार्यक्षेत्र रहेको आयोग गैरसरकारी संस्थाको दबदबामा परेपछि सीमित जिल्लामा खुम्चिन पुगेको हो ।

देशैभर महिला अधिकारका विषयमा काम गर्ने गरी संवैधानिक आयोगका रुपमा राष्ट्रिय महिला आयोग गठन गरिएको थियो । यस आर्थिक वर्षमा महिला आयोगसँग ३ करोड रुपैयाँ बजेट छ । तर, आयोगसँगै मिलेर काम गर्ने भनी विश्व बैंकको सहकार्यमा सञ्चालन भएको सम्बोधन नामक परियोजनासँग १३ करोड रुपैयाँ बजेट छुट्याइएको छ । जुन रकम तीन वर्षमा सक्ने गरी विनियोजन गरिएको हो । आयोगका एक कर्मचारीले भने, ‘दौडिने पनि भन्ने अनि खुट्टा बाँधेर राख्ने ?’

आयोग भने आफूहरुले देशैभर काम गरिरहेको बताउँछ । आयोगकी कानून अधिकृत निर्मला गुरुङले कर्मचारीको संख्या न्यून रहे पनि सबै जिल्लामा आफूहरुले काम गरिरहेको बताइन् । नेपाल समाचारपत्रबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ