फरार अभियुक्तलाई मन्त्रिपरिषदबाट पैसा ‘उपहार’ !, कस्ले कुन शिर्षकमा पाए रकम ?

फरार अभियुक्तलाई मन्त्रिपरिषदबाट पैसा ‘उपहार’ !, कस्ले कुन शिर्षकमा पाए रकम ?

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाण्डौ, ९ साउन । राज्यको ढुकुटी दोहन गरेर कार्यकर्ता पोस्न र मन्त्री तथा कर्मचारी विदेश भ्रमणमा सरकारले १ वर्षको अवधिमा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको छ ।

राज्यको ढुकुटीबाट कार्यकर्तालाई रकम बाँड्न, मन्त्री, संस्थान तथा आयोगका पदाधिकारी र कर्मचारीको विदेश भ्रमण तथा द्वन्द्वपीडित भनिएका कार्यकर्तालाई रकम बाँड्न सरकारले १२ महिनामा २ अर्ब ५६ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको हो ।
आर्थिक वर्ष २०७४/०७५ को १२ महिनामा मन्त्रिपरिषद बैठकले पटके निर्णयबाट सहायता र विदेश भ्रमणका नाममा १ अर्बभन्दा बढी रकम भुक्तानी दिएको छ ।

गत वर्ष साउनदेखि गएको असारसम्मको विदेश भ्रमणमा १२ करोडभन्दा बढी खर्च भएको छ । यो खर्च वार्षिक बजेटमा मन्त्रालयगत रुपमा विनियोजन गरिएको चालू खर्च बाहेकको हो । यसरी आर्थिक सहायता पाउनेमा फरार अभियुक्त समेत छन् । मन्त्रिपरिषदले फरार अभियुक्त वृजप्रसाद गिरीको उपचारमा लागेको २ लाख ८ हजार रुपैयाँ निकाशा दिने निर्णय गरेको हो ।
कारोबार दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ