शेरबहादुर मन्त्रीबाट हटेपछि नवीनाले भनिन्, अनावश्यक लालछाना लगाएर मन्त्री पदको अबमुल्यन गरियो

शेरबहादुर मन्त्रीबाट हटेपछि नवीनाले भनिन्, अनावश्यक लालछाना लगाएर मन्त्री पदको अबमुल्यन गरियो

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाण्डौ ।

नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नवीना लामाले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि पदबाट राजीनामा दिएका कानूनमन्त्री शेरबहादुर तामाङको बचाउ गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शेरबहादुरलाई पदबाट राजीनामा दिन बाध्य पारिनु अन्याय भएको दाबी गरिन् । तामाङको अभिव्यक्ति गलत नभएको र मेडिकल क्षेत्रको बेथितिबारे बोल्दा गलत व्याख्या गरिएको दाबी उनको छ । वर्गीय आन्दोलन र पार्टीमा धेरै दुःख, कष्ट गरेर मन्त्री बनेका शेरबहादुरले पद छाडेपछि अब तामाङ समुदायबाट त्यो स्थानमा पुग्न निकै समय कुर्नुपर्ने भन्दै नवीनाले उक्त घटना आफूहरुका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेकी छन् । तामाङलाई आफूले नजिकबाट चिनेको र भन्दै नवीनाले उनी शालिन व्यक्तित्व भएका मानिस रहेको बताएन् ।

यस्तो छ उनको स्टाटस ।

तामाङ समुदायमा जन्मेर पार्टी,राज्य प्रतिनिधित्व, वर्ग़िया अन्दोलनमा निकै दुःख कस्ट गर्दै कानुन मन्त्री को पद समालेका शेर बहादुर तामाङ निकै उच्च चरीत्र को शालिन ब्याक्तित्व भएको मान्छे हुन उहाँलाई नजीक बाट चिनने माँछे हो म उहाँको इन्टेनसन गलत थिएन उहाले मेडिकल क्षेत्रभित्र का ब्यथिती माथि टिप्पणी मात्र गर्न खोजेका थिए तर तेस्को गलत ब्याख्या विश्लेषण गरि अनावश्यक लालछाना उहाँ माथी लगाइयो यस्का बाबजुत पनि उहाँ ले आम रूपमा क्षेमायाचना गरिसक्नु भएको छ मन्त्री पद निकै महत्त्वपूर्ण सम्मनित पद हो यस्को अबमुल्यन गर्न हुदैन यो त मन्त्री पदको अबमुल्यन पनि हो यस्ता बिषय लाई हलका रुपमा फिजाउनु भन्दा पनि यस्को गरिमा लाई ठूलो बनाउनु राम्रो हुन्छ विभिन्न मिडिया लगायत का क्षेत्रबाट कानुन मन्त्री को राजिनामा को खबर आइरहेको छ एउटा तामाङ समुदाय को मानिस लाई राज्य सन्चालन का यति महत्त्वपूर्ण पदमा पुग्न अब निकै समय कुर्नु पर्ने हुन्छ यो हाम्रा लागि दुर्भाग्यपूर्ण हुन्छ यो एक प्रकारको अन्याय पनि हो ! लाग्यो !!यो गम्भीर छलफल को विषय हुनु पर्छ उनको इमानदारिता सच-चरित्र को उच्च मुल्यांकन हुनु पर्छ !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ