धर्मका नाममा युवतीको बलात्कार गर्ने बाबा पक्राउ, यसरी भयो घटनाको पर्दाफास

धर्मका नाममा युवतीको बलात्कार गर्ने बाबा पक्राउ, यसरी भयो घटनाको पर्दाफास

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

एजेन्सी । धर्मका नाममा युवतीको बलात्कार गर्ने बाबा पक्राउ परेका छन् । ती बाबाले पछिल्लो २० वर्षदेखि युवतीमाथि बलात्कार गर्दै आएको खुलेको छ ।

यो घटना भारतको हरियाणास्थित टोहना क्षेत्रका हो । यस क्षेत्रमा धर्मको व्यापार गर्दै आएका जलेबी बाबा नामका धर्म गुरु यौन शोषणको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका उनको रहस्यमय कर्तुत बाहिरिएको छ । यी बाबाले कयौँ युवतीको बलात्कार गर्नुअघि जबरजस्ती शपथ दिलाउने गरेको खुलासा भएको हो । उनले जबरजस्ती यौन सम्बन्ध बनाउनुअघि युवतीलाई म आफ्नो मर्जीले यौन सम्बन्ध राख्दैछु भन्ने सपथ दिलाएर बलात्कार गर्ने गरेको खुलासा भएको हो ।

यी बाबामाथि अमरपुरीमा ९० भन्दा बढी महिलामाथि बलात्कार गरेको र १२० अश्लिन भिडियो रेकर्ड गरेको आरोप लागेको छ । उनले पछिल्लो २० वर्षदेखि धर्म कर्मको आडमा बलात्कार र ब्ल्याकमेलिङको धन्दा गर्दै आएका थिए । आफ्नो समस्या लिएर आएका युवतीलाई उनले तन्त्र मन्त्रका नाममा आफ्नो जालमा फसाउने गर्दथे । एक महिलाले उनको कर्तुतसहितको एक भिडियो प्रहरीलाई दिएपछि उनको कर्तुत बाहिर आएको हो । त्यस भिडियोका आधारमा प्रहरीले केही दिनअघि बाबालाई पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ