देवपत्तनमा आजबाट विद्वत सम्मेलन

देवपत्तनमा आजबाट विद्वत सम्मेलन

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाडौँ, साउन ९ ।
स्व. स्वामी डा. रामानन्द गिरीको वार्षिक पूण्य तिथिको अवसरमा शङ्करचार्य मठ देवपत्तनमा आज देखि त्रिदिवसीय विद्वत सम्मेलन आयोजना हुँदैछ ।

सम्मेलनमा विद्यानाथ कोइराला, डा. निर्मलमणि अधिकारी, प्रा.डा. माधव पोखरेल, प्रा. राजेन्द्र सुवेदी, डा. जगमान गुरुङ, डा.जयराज आचार्य, प्रा.दिनेशराज पन्त, सत्यमोहन जोशी, डा. श्रीधर लोहनी, डा. पद्यप्रसाद देवकोटा, ज्ञानमणि नेपाल, प्रा. डा. माधव भट्टराई लगायतका विद्वानले आफ्नो विचार प्रस्तुत गर्नुहुने छ ।

महेश सँस्कृत गुरुकुल देवघाटले यो सम्मेलनको आयोजना गर्न लागेको हो । सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका मिमांशा विभागका अध्यक्ष कमलाकान्त त्रिपाठी पनि सम्मेलनमा सहभागी हुनुहुनेछ ।

आयोजक सदस्य उमेशप्रसाद घिमिरेका अनुसार गुरुको प्रथम स्मृतिका अवसरमा सम्मेलन आयोजना हुन लागेको हो । स्वामी गिरी २०७४ साल गुरुपूर्णिमाका दिन असार २४ गते ब्रह्मलिन हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ