सडक डिभाइडरमा कार ठोक्किँदा एक जनाको मृत्यु, ३ जना घाईते

सडक डिभाइडरमा कार ठोक्किँदा एक जनाको मृत्यु, ३ जना घाईते

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

भक्तपुर, साउन ९ ।
भत्तपुरको मध्यपुरथिमि नगरपालिकामा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइेत भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत मध्यपुरथिमि नगरपालिका चारदोबाटो चोकमा काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा. ३ च. ८३१७ नम्बरको नीजि कार सडक डिभाईडरमा ठोक्किएको हाो ।

दुर्घटना परी मृत्यु हुनेमा सोही कारका चालक सिन्धुली घर भई सुर्य्विनायक बस्ने वर्ष ४७ का रमेशराज राउत रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका राउतको उपचारका क्रममा गठ्ठाघरमा रहेको नागरिक अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका रमेशराजका छोरा १८ वर्षका रविन राउतको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । यस्तै कार डिभाइडरमा ठोक्किएर फर्कँदा एकै दिशाबाट आइरहेको बा. ४६ प. १५५२ नम्बरको मोटरसाइकलले दुर्घटनाग्रस्त कारलाई ठक्कर दिँदा दुइ जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाईकल चालक रामेछाप खाँडादेवीका ३१ वर्षीय बिष्णु बहादुर श्रेष्ठ र पछाडि सवार रामेछाप घर भएका ३३ वर्षका राजन श्रेष्ठ रहेका छन् । उनीहरुको पनि सोही अस्पतालमा नै उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ