काठमाडौं ८ साउन ।
विराटनगरस्थित भारतीय फिल्ड अफिस अर्को साताबाट बन्द हुने भएको छ ।
फिल्ड अफिसले गर्दै आएको सबै काम १६ साउन अर्थात अगष्ट १ बाट पूर्णरुपमा बन्द हुने काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ ।
फिल्ड अफिसले नेपाल आउने भारतीय गाडीहरुका लागि अनुमति दिनुका साथै जन्म र मृत्युरर जिस्टेशन लगायतका कागजपत्रको प्रमाणीकरण गर्दै आएको थियो । अब यो काम काठमाडौंस्थित दूतवासबाटै हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८÷२९ को नेपाल भ्रमण लगतै भारतले विराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको थियो ।
२०६५ भदौ २ गते आएको बाढीले कोशी ब्यारेज भत्काएपछि भारतीय भूमि प्रयोग गर्नुपर्ने नेपाली गाडीहरुका लागि अनुमति दिन सो कार्यालय खुलेको थियो ।
तर, काम सकिएसकेपछि पनि फिल्ड अफिस बन्द नभएको हो तत्कालीन माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाश परराष्ट्रमन्त्री भएको बेला पत्र नै लेखेर यो कार्यालय बन्द गर्न निर्देशन दिँदा पनि अटेर गरिएको थियो ।