वडाअध्यक्षले रोके दलित परिवारलाई सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न, दलित मुक्ति मोर्चाद्धारा आपत्ति

वडाअध्यक्षले रोके दलित परिवारलाई सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न, दलित मुक्ति मोर्चाद्धारा आपत्ति

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 53.9K
    SHARES

काभ्रे ८ श्रावण ।

काभ्रेमा एक दलित परिवारलाई सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न नदिएको भन्दै दलित मुक्ति मोर्चा काभ्रेले आपत्ति जनाएको छ ।

पाँचखाल नगरपालिका ७ का वडा अध्यक्ष पुष्कर ढकालले सोही वडाका मृतक हर्कबहादुर परियारका छोराहरुलाई किरियापुत्री भवनमा किरिया बस्न नदिएपछि मोर्चाले बिरोध जनाएको हो ।

आज नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति काभ्रेका अध्यक्ष रमेश नेपालीले प्रेसविज्ञप्ति जारी गर्दै उतm घटनाप्रति आपत्ति जनाउनु भएको छ ।

रमेशद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हजारौँ वर्षदेखि आर्थिक–समाजिक रूपमा पछाडि पारिएको दलित समुदाय अझै पनि छुवाछूतजस्तो सामाजिक अपराधलगायत विविधखाले भेदभावहरूबाट प्रताडित हुँदै आएको अवस्था छ ।’

उहाले भन्नुभएको छ ‘कथित संसदीय गणतन्त्रको संविधान, कम्युनिस्टहरूको महुमतको सरकार र समाजवाद उन्मुख आर्थिक–सामाजिक कार्यक्रमको नारा सामाजिक दलाल पुँजीवादीहरूको बकबास मात्र हो भन्ने पाँचखालको घटनाले पनि पुष्टि गरेको छ ।’

उक्त घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाहीका लागि अधिकारकर्मी, पत्रकार र सम्बन्धित सङ्घसंस्थाहरूलाई पहल गरिदिन आग्रह गर्दै उहाले सिङ्गो दलित समुदायलाई प्रतिवादमा उत्रन अपिलसमेत गर्नुभएको छ । दोषीमाथि कारबाही नभए इँटको जबाफ पत्थरले दिने चेतावनी पनि उहाले विज्ञप्तिमार्फत दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ