पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध

पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

उदयपुर, ८ साउन ।

निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ ।

गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्ध हटाउने कार्य भइरहे पनि अझै सवारी सुचारु हुन सकेको छैन ।

पहिरो हटाउने कार्य हुँदै गरे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक अवरुद्ध सडक खुलाउन निकै कठिनाई भइरहेको गाईघाट दिक्तेल सडक कार्याले बोक्सेका प्रमुख इञ्जिनियर हरि पोखरेलले जानकारी दिनुभयो ।

पटक–पटकको पहिरोको कारण अहिले जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको आँपटार, रौता, फोक्सिङटार, बलाम्ता खाँबुसम्म पनि यातायात सुचारु हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ