डढेलोमा परी कम्तिमा २० जनाको मृत्यु, ढडेलो नियन्त्रणमा कठिनाई

डढेलोमा परी कम्तिमा २० जनाको मृत्यु, ढडेलो नियन्त्रणमा कठिनाई

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी, ८ साउन । ग्रीसका विभिन्न जंगलमा फैलिएको डढेलोमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । भने सयौ घाईते भएका छन् ।

मृत्य हुने अधिकास समुद्र छेउमा रहेको माति रिसोर्टमा फसेकाहरु रहेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

घाईतेमध्ये ११ को अबस्था गंभिर रहेको अधिकारीहरुले जनाएका छन् । डढेलोका कारण ठूलो संख्यामा घर जलेका छन् ।

मानिसहरु डढेलोबाट बच्न सुरक्षित स्थानको खोजीमा हिडेका छन् । सयौं अग्नी नियन्त्रकले ढडेलो नियन्त्रणको प्रयास गरेपनि सफल नहुँदा अन्तर्रा्ष्ट्रिय सहयोगको आह्वान गरिएको छ ।

जर्मनी, पोल्याण्ड र फ्रान्सले हेलिकप्टरसहित अग्नीनियन्त्रकहरुको टोली पठाएका छन् ।

प्रधानमन्त्री अलेक्सीस सिप्रासले नियन्त्रणका लागि सबै आपतकालीन शक्तिको प्रयोग भैरहेको बताएपनि अग्नीनियन्त्रकहरुले अत्यन्तै कठिन भैरहेको बताएका छन् ।

एथेन्स् आसपासको डढेलो प्रभावित एट्टीका क्षेत्रमा आपतकालीन अबस्थाको घोषणा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ