बाँचुन्जेल रेखदेख नगरेको भन्दै दागबत्ती दिन गएका छोरा घाटबाटै लखेटिए

बाँचुन्जेल रेखदेख नगरेको भन्दै दागबत्ती दिन गएका छोरा घाटबाटै लखेटिए

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 123.9K
    SHARES

झापा, ८ साउन ।  झापाको कन्काइमाई नदीको किनारमा बुद्धशान्ति गाउँपालिका जयपुर निवासी अम्विका चिमोरियाको दाहसंस्कार हुँदै थियो ।

पेसाले शिक्षक छोरा चुडामणि रुँदै आमाको शवतर्फ जाँदै थिए दागबत्ती दिन । तर, दागबत्ती दिनुअगावै उनीमाथि हातपात भयो ।

एक्ला छोरा उनले दागबत्ती दिन पाउने आफ्नो अधिकार भएको दाबी गर्दै केहीबेर प्रतिवाद गरे । तर नसकेपछि उनी आफै ज्यान जोगाउन त्यहाँबाट कुलेलम ठोके ।

छोरा चुडामणिलाई दागबत्ती दिनुअगावै कुटपिट गर्ने अरु कोही होइनन्, उनकै आफन्त र मालामी हुन् ।

बाँचुन्जेल रेखदेख नगरेकाले मरेपछि दागबत्ती दिने कुनै अधिकार नभएको भन्दै उनकी सहोदर बहिनी र मामाका छोराले मलामीको सहयोगमा चुडामणिलाई घाटबाटै लखेटेका हुन् ।

झापा सदरमुकामस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका शिक्षक चुडामणिले आमालाई दागबत्ती दिनबाट समेत रोकेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् ।

घाटबाट भागेका उनी प्रहरीको सहयोगमा १५ किलोमिटर टाढा रहेको देवनियाँ खोलामा पुगेर कपाल खौरिएर सेतो कपडा लगाइ आफ्नै घर भद्रपुर नगरपालिका चैतुमन्दिरमा किरिया बारेर बसेका छन् । उता छोरी ज्वाईंले समेत आफ्नै घरमा किरिया बारेर बसिरहेका छन् । -राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ