आन्तरिक राजश्व कार्यालय भरतपुरबाट बाइस अर्ब राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय भरतपुरबाट बाइस अर्ब राजश्व संकलन

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

चितवन, ८ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयले अघिल्लो आव २०७३/०७४ भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन भएको थियोे । कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा १२८.१५ प्रतिशत प्रगति भएको हो ।

गत आवमा रु १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा रु दुई अर्ब १० करोड ९५ लाख ८४ हजार बढी राजश्व संकलन गर्न सफल भएको हो । पौडेलले लक्ष्यको ११०।७१ प्रतिशत प्रगति भएको बताउनुभयो ।

कार्यालयले अन्तशुल्कमा रु १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा ११३.५५ प्रतिशत बढी हो ।

त्यस्तै गरी स्वास्थ्य सेवा शुल्कमा रु छ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९.१८ प्रतिशत प्रगति गरिएको छ ।

आयकरतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घरवहाल करमा रु ११ करोड २४ लाख ८९ हजार, ब्याजकरमा रु आठ करोड ९२ लाख ९१ हजार, मूल्यअभिवृद्धि करमा रु एक अर्ब १४ करोड एक लाख ६२ हजार र शिक्षा सेवा करमा रु दुई करोड ६० लाख ६२ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पंगेनीले निरन्तर अनुगमन, प्रयास र विभागीय नीति निर्देशनको पालना गरी काम गरिएकाले गत आव र अघिल्लो आव क्रमशः लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी