अमेरीकासँगको सहमतीपछि उत्तर कोरियाद्धारा महत्वपूर्ण क्षेप्यास्त्र परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया सुरु

अमेरीकासँगको सहमतीपछि उत्तर कोरियाद्धारा महत्वपूर्ण क्षेप्यास्त्र परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया सुरु

  • मङ्लबार, साउन ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एजेन्सी, ८ साउन । उत्तर कोरियाले आफ्नो महत्पूर्ण क्षेप्यास्त्र परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया शुरु गरेको छ ।

उत्तर पश्चिमी क्षेत्रमा रहेको सोहाए स्टेनका स्याटेलाइट तस्वीरहरुमा परीक्षण स्थल नष्ट गरिंदै गरेको देखिएको अमेरिकासँग आबद्ध एउटा अनुगमन समुहले जनाएको छ ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सहमतिअनुसार उत्तरले पछिल्लो कदम चालेको हो ।

सिंगापुरमा कोरियाली प्रायद्विपलाई पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको थियो ।

प्योङयाङले सोहाएलाई स्याटेलाइट परीक्षण स्थल बताउदै आएपनि अमेरिकाले भने त्यहाँबाट ब्यालेष्टिक मिसाइल परीक्षण गर्ने गरेको विश्वास गर्दै आएको छ ।

नौ महिना यता उत्तर कोरियाले कुनै पनि परमाणु परीक्षण नगरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई मुलुकको सम्बन्ध सुधारबाट आफु निकै खुशी भएको बताउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ