मेगा बैंक नवौँ बर्षमा प्रवेश: ल्यायो तीन वटा आकर्षक कर्जा योजनाहरु

मेगा बैंक नवौँ बर्षमा प्रवेश: ल्यायो तीन वटा आकर्षक कर्जा योजनाहरु

  • सोमवार, साउन ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ, ७ साउन ।
मेगा बैंक नेपाल लिमिटेडले तीन वटा आकर्षक कर्जा योजनाहरु पनि सार्वजनिक गरेको छ ।
आठौँ बर्ष पूरा गरी नवौँ बर्षमा प्रवेश गरेको अवसरमा बैंकले साना तथा मझौला व्यावसायको प्रबर्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना सार्वजनिक गरेको हो ।

मेगा बैंक नेपाल लिमिटेड नवौँ बर्षमा प्रवेश गरेको उपलक्षमा सोमबार काठमाडौंमा आयोजित बार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले यी तीन वटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने बताउनुभयो ।

‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ ।
गत आर्थिक बर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको हो । ग्राहक संख्या ५ लाख रहेको छ । कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेपको १ लाख २२ हजार रहेको छ ।

उहाँले चुक्तापुँजीका रुपमा देशकै दोस्रो ठूलो बैंकको रुपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताउनुभयो । चुक्ता पुँजी, व्यावसायको आकार, कर्मचारी संख्या र नेटवर्कका हिसाबले पनि मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकाले चालु आर्थिक बर्ष २०७५÷७६ देखि मेगा बैंकको मुनाफामा निकै बृद्धि हुने उहाँले उद्घोष गर्नुभयो । 

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम छन् ।

मेगा बैंकले आर्थिक बर्ष २०६९÷७० देखि नै निरन्तर राम्रो प्रतिफल दिइरहेको बताउँदै अध्यक्ष शाहले भन्नुभयो, ‘हामीले भर्खरैमात्र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर सकेका छौँ । मर्जरपछि साधारणसभामार्फत नयाँ संचालक समिति पनि आएको छ । अब मेगा कल्चर अनुसार नै हामी रफ्तार बढाउँछौँ । टुरिजम र पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएपछि मेगा बैंकमा झनै उत्साह थपिएको मैले पाएको छु ।’

अध्यक्ष शाहले आगामी चार बर्षभित्र बैंकको आफ्नै कर्पोरेट भवन बनाउने जानकारी पनि दिनुभयो । यसैगरी, संघीय संचरना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताउनुभयो ।

उहाँले विज्ञहरुसँगको परामर्शमा पाँच बर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका जानकारी दिदैँ आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्ने बताउनु भयो ।

छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताउदै सिइओ खुञ्जेलीले अनलाइन ट्रेड सर्भिस, फास्ट ट्रयाक ग्यारेन्टी इसुऐन्स, अनलाइन खाता खोल्ने जस्ता सेवालाई ग्राहकले अत्याधुनिक मन पराएको जानकारी दिदैँ शेयरधनी र ग्राहकवर्गलाई हरेक महिना ‘मेगा मन्त्र’ नामक न्यूजलेटर पठाएर सेवाबारे अवगत पनि गराउँदै आएका बताउनु भयो ।

यसैबीच, वार्षिकोत्सवका अवसरमा मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँको महाराजगन्जमा संचालित पौरखी नेपाल र उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १–१ लाख रुपैँया सहयोग गरेको छ । एक सय जना गरिब तथा अनाथ बालबालिकालाई पौरखी नेपालमार्फत शिक्षाको दिने योजना अन्तरगत मेगा बैंकले एक लाख रुपैँया सहयोग गरेको हो ।

यसैगरी, एसईई सके पनि उच्च शिक्षा अध्ययन गर्नका लागि आर्थिक अभाव झेल्दै आएका डोल्पाका बुढाको पढ्ने सपना पूरा होस् भन्ने हेतुले १ लाख रुपैँया सहयोग गरिएको मेगा बैंकले जनाएको छ । आठौँ बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेलीले उनीहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । मेगा बैंकले बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिलाई हरेक बर्ष सहयोग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी