अनशनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक

अनशनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक

  • सोमवार, साउन ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, साउन ७ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेको छ । १५ औं अनशनमा रहेका केसीको यो अहिलेसम्मको लामो आमरण अनशन पनि हो ।

डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल र यति लामो अनशन हुँदा पनि समस्या समाधानमा सरकारी पक्षले कुनै ठोस पहल थालेको छैन ।

सरकार मागप्रति संवेदनशील नभएको भन्दै डा. केसी पक्षले पूर्ण म्यान्डेडसहितको वार्ता टोली गठन गर्न सरकारसित माग गरिरहेको छ । हाल गठित वार्ता टोलीसँग डा. केसी पक्षले वार्ता गर्न अस्वीकार गरेको छ ।

त्यसले गर्दा डा केसीको अनशन अझै लम्बिने अवस्था छ । सरकारले संसद् स्थगित गरेर समाधान खोज्ने भनेपनि अझै केही पहल भएको छैन ।

सरकारले संसदमा लगेको विधेयक फिर्ता हुनुपर्ने माग राख्दै डा. केसीले गत असार १६ गते जुम्लाबाट अनसन सुरु गर्नु भएको थियो । केसीले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने माग राख्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ