चौतर्फि आलोचनापछि दुर्गा प्रसाँईले भनेः आफ्नो भनाई तोडमोड गरि अतिरञ्जित गरियो, म माफि माग्छु

चौतर्फि आलोचनापछि दुर्गा प्रसाँईले भनेः आफ्नो भनाई तोडमोड गरि अतिरञ्जित गरियो, म माफि माग्छु

  • सोमवार, साउन ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

भक्तपुर, ७ साउन ।

बि एण्ड सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिब्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको आरोप लगाउनुभएके छ ।
प्रसाँईले बोलेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएसँगै चौतर्फि बिरोध हुन थालेपछि अन्तत प्रसाईले आफ्नो भनाईलाई नै तोडमोड गरेर बाहिर ल्याईएको आरोप लगाउनु भएको हो ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाँईले आफूले भन्न खोजेको बिषयलाई तोडमोड गरेर बिबादमा तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताउनु भयो ।

तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिब्यक्तिलाई हाल आएर उक्त अभिब्यक्तिको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाएको उहाँको आरोप छ ।

आफ्नो भनाई बंगालादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्ययनको वातावरण श्रृजना गर्न सके राम्रो रहने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अन्त्य हुने रहेको भएपनि अर्कै आसयमा भाईरल बनाईएको प्रसाईको भनाई छ ।

बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बिषयमा लिएर आफ्नो अभिब्यक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नरहेको भन्दै उहाँले यसले पर्न गएको असर प्रति क्षमा मागेको बताउनु भयो ।

डा. गोबिन्द केसीको आन्दोलनका बारे आफूले बोल्नु पर्ने बिषय नभएको र सरकारले नै उहाँको माग सम्बोधन गर्ने वा के गर्ने भन्ने बिषय रहेको प्रसाईले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ